Nutrition and Resilient Livelihood Technical Program (NRL-TP)

पोषणयुक्त आहार पाएका बालबालिकाको संख्यामा वृद्धि (उमेर ०–५)

सिड्स नेपालले वल्र्ड भिजनको साझेदारीमा पोषण तथा उत्थानशील जीविकोपार्जन कार्यक्रम सिन्धुली जिल्लाकाे ३ वटा गाउँपालिका का १६ वटा वडाहरूमा संचालन गरी पोषण उपलब्धिका विभिन्न व्यावधानहरुको सम्वोधन गर्ने एउटा एकिकृत पोषण विधि हो । यस कार्यक्रमले विभिन्न सरोकारवालाहरुसंग सहकार्य गरी मातृ तथा बाल स्वास्थ्यमा सुधार गर्नुका साथै स्वास्थ्य प्रणालीलाई लैङ्गिकमैत्री, सामाजिक उत्तरदायी र अपाङ्गमैत्री बनाउन स्थानीय सरकारको क्षमता अभिवृद्धि गर्दछ । यस कार्यक्रमले खासगरी समुदायमा रहेका समुहका आमा र बच्चालाई पर्याप्त पौष्टिक आहार प्रदान गर्न परिवारलाई सहयोग गरी वर्षभरि खाद्य अभाव नहुने अवस्था सिर्जना गर्छ । जीविकोपार्जन कार्यक्रमबाट लाभग्राहीहरुको जीवनस्तर सुधार गर्न विभिन्न कृषि तथा गैह्र कृषि क्षेत्रमा सहायता प्रदान गरी निरन्तर रुपमा राष्ट्रिय औसत भन्दा बढी आम्दानी गर्न सक्ने बनाई गरिबीबाट माथि उकास्न मद्दत गर्छ । यसका लागि मानिहरुको उत्थानशीलता वृद्धि गर्ने र जलबायुजन्य विषम घटना एवंम् अन्य आर्थिक, सामाजिक र वातावरणीय संङ्कट र विपदको सम्मुखता तथा जोखिम न्यूनीकरणका कार्य गरेको छ ।

कार्यक्रममा सहभागि हुनु अगाडी मेरो छोरी सुनिताको वृद्धि अनुगम गर्दा उमेर अनुसारको कम तौल भई कुपोषणमा भएको हँदा कार्यक्रम मार्फत सकारात्मक झुकावका लागि सामुहिकचुल्हो कार्यक्रममा लगातार सहभागि भएपछि मैले बालबालिकालाई कसरी खुवाउनु पर्छ थाहा पाएँ । पोषणयुक्त खाना, हरियो सागसब्जी र शक्ति दिने खानेकुराको महत्व बुझे । यस कार्यक्रममा जानु भन्दा अगाडि थाहा थिएन । अहिले मेरो छोरीको स्वास्थ्यमा सुधार भई सुपोषित र स्वस्थ भएकी छिन् । म साथै मेरो परिवार खुशी छ । – समुह सदस्य, फिक्कल